Skip to main content

आत्मनिर्भर बन्दै युवाहरु

                      आर. एन .यस  कृषिका लगानीकर्ताहरुको तिता मिठा अनुभव   

 मुलपानी स्थित लगभग ४१ रोपनीको हाम्रो कृषि  फाममा  लगभग ४५ लाख लागानी भएको छ दैनिक १५-२० जनाले रोजगार पाएकाछन हामिले यो बर्ष ८० लाख आम्दानी गर्ने योजना बनाएका छौ तर सरकारको योजना अनि हालको बजारको स्थित हेर्दा के कति आम्दानी गर्न सकिन्छ भन्नेकुराको आंकलन गर्न गाह्रो छ तै पनि हामी यसलाई निरन्तर दिनेछौ ।    ~   आर. एन .यस कृषि संग 

गाउँ छोडेर शहर पसेको लगभग दशक नाघिसक्यो।  जन्मस्थान हो हालको बैतेश्वर गाउँपालिका,दोलखा। शहर पसे पछी हातमा जे पर्छ त्यही काममा लागी पर्यौ जिवनका अनगिन्ती भोगाइ र सुख दुख जे आउँछ तेस्को सामाना गर्दै हिडियो। समय  अगाडि बडदै गयो हरेक दिन नयाँ  के गर्ने कसरी आत्मनिर्भर हुने भन्ने कुराले मन पोलिरहन्थो एक दिन हामी ५ जना युवा बसेर अब हामी केही गर्नु पर्छ भन्ने सल्लाह भयो र कृषिमा लगानी गर्ने भन्ने निर्णय गरियो लागो मनमा के सफल हुन सकिएलात ? मेरो एकमनले भनो व्यबस्थापन बिषयमा स्नातकोत्तर गरेको छु कुनै  जागिर गरेर ६० ,७ ० हजार महिनाको आम्दानी गरेको छु किन यो दुख गर्नु ? अनि सम्झी हिजो पढने बेला मेरो जिवनमा बुबाको भुमिका निर्वाहागरेर मलाई हौसला दियेर यो सन्सारमा दुख सुख जीवन आइरहन्छ तर केही गर्नु पर्छ भनेर  हरेक पलमा हौसला दिने मेरो ठुलोमामाको जिवनको बितेका दुख सम्झी वहाँ पनि बिगत २०-२५ बर्ष आगाडी प्राध्यापक भएर पनि कृषि लगाएतका हरेक काममा सक्रिय भएको सबै स्मरण गर्दा मैले केही गर्नु पर्छ भन्ने लाग्यो ।येस्ता अनेक प्रश्नहरु उब्जियो तर मनले सम्झी हिजो गरेको दुख  जागीर नपाउदा राजधानीमा भौतारियेको अनि पढ्ने बेला मेरो बुडा मामाले मेरोलागि गरेको दुख यो सब हेर्दा केही गर्नु पर्छ भन्ने लागेर यो क्षेत्र  मा हात हाल्नु ठिक छ हामिले केही ब्यक्तिलाइ रोजगारदिन सक्छौं भन्ने मनमा आयो काम सुरुगरियो । हाल मुलपानी स्थित लगभग ४१ रोपनीको हाम्रो कृषि  फाममा  लगभग ४५ लाख लागानी भएको छ दैनिक १५-२० जनाले रोजगार पाएकाछन हामिले यो बर्ष ८० लाख आम्दानी गर्ने योजना बनाएका छौ तर सरकारको योजना अनि हालको बजारको स्थित हेर्दा के कति आम्दानी गर्न सकिन्छ भन्नेकुराको आंकलन गर्न गाह्रो छ तै पनि हामी यसलाई निरन्तर दिनेछौ । पहिला आउँदा के खाऊ, के लाऊ, कहाँ जाऊँ जस्तो लाग्थ्यो जे होस् स्मरण गर्दा साह्रै काल्पनिक लाग्छ, भन्छन् यस कृषिका अध्यक्ष ~ नवराज दहाल । 

आर. एन. यस कृषि

गाउँ छाड्यौ पहिले नै, वैदेशिक रोजगार पनि चाखियो। विदेशमा पैसा कमाउन के सजिलो हुन्थ्यो? धेरै  दुःख, सुख खेपियो अब चै आफ्नो देशमै केही गर्नु पर्छ भन्ने जोश आयो  साथीभाइसँग कुरा राखियो। उनीहरूले पनि  होस्टेमा हैसे मिलाइदिय। मालिक भएर काम गरिया छ। नाफा कम भएपनि काम गर्ने मज्जा छ। सरकारले केहि सौलियत दियो भने हामी लगभग ३० जानलाई रोजगार दिनसक्छौ, गाउँ ठाउँका किसानलाई प्रशिक्षण दिन सक्छौं, भन्छन् उपाध्यक्ष तथा सस्थाका ब्यबस्थापक ~सुबाश दाहाल।  

आर. एन.यस कृषि
  


कुरा हुँदैछ निरन्तर उत्पादन भइरहेको मुलपानी चउर स्थित लगभग ४१ रोपनी कृषिको। जम्मा ५ जानाको लगानीमा सुरु गरेको यस कृषिमा विभिन्न किसिमका तरकारी उत्पादन साथै बिक्री वितरण भइरहेको छ।

जिन्दगीमा धेरै उतार चढाव देखियो। जीवनशैली उच्चस्तर बनाउन धेरै भुमिका निर्वाहा गर्यौ। अझै पनि जारी नै छ। सुरुमा कृषिको कुरा सुन्दा त के होला र भन्ने लाग्यो। प्राय जस्तो भारतीय वस्तुको दबदबा छ, फेरि जे होला भन्ने सुर बनाइयौ। यो भन्दा पनि प्रेरणादायक चै नाफा घाटा केही नहेरी निरन्तर लागिपर्ने  युवाहरुको जोश, जागर देखेर मनमा कै आशाको लहर जाग्यो। हामी सबैको एकता देख्दा लाग्छ यो पनि एउटा सफलताको हिस्सा हो। पैसाकमाउनु मात्र ठुलोकुरा नठानेर एकतानै सफलता ठानेको छु ।भोलि गएर सबैलाई लाभ होस भन्ने उदेश्यले हामी लगानी कर्ताको सहमतीमा सर्त राखी कोहिकसैलाई समस्या नपर्ने गरि नियम बनाएका छौ ।तेसैले हामी पछी सम्मै काम गर्न सक्छौ भन्ने लागेको छ भन्नुहुन्छ लगानीकर्ता तथा फामका सचिव ~ राम शरण दाहाल

आर. एन. यस कृषि

कसैले नसिकाएको पाठ समयले सिकाउँछ भन्थे बुढापाकाले हो कि के हो? शहर पसेको ६० साल तिर त्यतिखेर खासै केही थिएन। फाट्टफुट्ट काम गरिन्थियो, खाइन्थ्यो, बसिन्थ्यो। तर मनोबल भने कैले टुटेन। गोजिमा पैसा छैन तर पनि संसार जितउला झैं हुन्थ्यो। एक दिन अचानक साथीहरुबाट कुरा आयो पैसा पनि जुर्यो र लगानी पनि गरियो। यस कृषिमा लागिनुको कारणचै हामी देशमा पनि केही गर्न सकिन्छ भनेर युवाहरु माझ एउटा संदेश दिन खोजेको हाे | म आफ्नै ब्यबसायमा निरन्तर लागेको छु । मेरो २ वटा हार्डवोएर छ मेरो आम्दानी मासिक राम्रै  हुन्छ। तर मलाई यो क्षेत्र नयाँ भएपनि युवाहरुले केही गर्नु पर्छ हामिले गरेको कामले नयापन आवोस, हौसला होस भन्ने लागेर यो काम सुरु गरियो। सबै बाट साथ सहयोग पाएका छौ खुसी लाग्छ भन्छन् फामका कोषाअध्यक्ष तथा लगानीकर्ता ~ ऋषि राज दाहाल

आर. एन. यस कृषि

सबै गाउँ छोडर शहर पसे। आफु गाउँतिर केहि गर्छु भन्ने तिर लाग्यौ समय बित्दै गयो मन बदलिँदै आयो। बिशेषता नानीहरूको भबिस्य र  उनीहरूको शहरमा पढ्ने  रहर कसरी मेट्नु होला भन्ने कुराले सधैं मन खसकिन्थ्यो। अब के गर्ने उनीहरूको इच्छा कसरी पूरा गर्ने  प्रश्न धेरै थिए समधान खोज्ने क्रम जारी थियो। त्यही सिलसिलामा साथीहरुले यसो गरुम नत भने। मैले त्यो मौकालाई उम्किन दिनु हुन्न भन्ने लागेर गाउँमा होट्ल ब्यबसाय छाडेर परिवार सहित आएर बसेको छु । यहाँ दैनिक  मेरो देखरेखमा काम हुन्छ। सबैले बिश्वास गरेर मलाई जिम्मा दिनु भएको छ खुसी लाग्छ। नानी बाबु पढाउन सकिन्छ कि भन्ने ठूलो आश छ। हेरूम ईश्वरको कृपा कति सम्म सफल हुनसकिन्छ भन्नुहुन्छ लगानीकर्ता ~  राम कुमार दहाल

आर. एन. यस कृषि



























Comments

Govinda Dahal said…
appreciated work ...lesson to learn for us ...job creater for employer

Popular posts from this blog

Miss Universe Nepal Vs Miss World Nepal (2018)

Miss Universe Nepal Vs Miss World Nepal (2018) Miss Universe Nepal 2018 ●Name - Manita Devkota ●Birth Place - Gorkha, Nepal ●Occupation - Model, Social Worker(Days for girls, she's the First) ●Age - 23 ●Height -1.73m ●Major Title - Miss Universe Nepal 2018 ●Education - Degree in Public health. ●Major Competitions - Miss Nepal Universe               2018(Winner),  Miss Universe 2018(Top 10) Miss Nepal World 2018 ●Name - Shrinkhala Kathiwoda ●Birth Place - Hetuda, Nepal ●Occupation - Architecture engineer ●Age - 23 ●Height - 1.70 m ●Title - Miss world Nepal 2018 ●Major competitions - Miss Nepal 2018(winner),        Miss World 2018(Top 12)        Beauty with a Purpose (Winner)        Multimedia Award (Winner) ●Education - Bachelor in Architecture

NEPAL TO LUNCH SATELLITE

NEPAL SATELLITE - It will be a proud moment for Nepal when the satellite "Birds 3" will lunch to space by coming mid - May. According to NAST  - Nepal Academy of Science and Technology, two students from Nepal are taking the lead of the project one is pursuing a master degree in engineering and another is pursuing Ph.D. in Engineering from one of the prestigious University of JAPAN. NAST released the fund of worth Rs.20 million to make the mission successful. NAST scientist and the minister for science and technology are scheduled to head Japan for the satellite lunch program in first week of Baisakh 2076. The satellite will help to take the photographs of lake, glacier, mountains, roads etc.  Till date, the nation is using the satellite of other nation with paying handsome money. This mission definitely inspires the coming generation and will boost the technological development in Nepal in near future. - NEPAL SPACE PROGRAM

Gboard- Type Nepali by Speaking

Know about a mobile application the Gboard. It supports automatic typing to different language by speaking. Today let us know how to enable this app and use in the android phone.